Sunday, April 15, 2012

SATHI HO JATIYETA KO KURA NAGARAU--RACE HAS NO MEANING IN SCIENCE


Gf]kfndf Hfflto /fHo dfUg] cltjfbL, dfcf]jfbL, dw]zjfbL, cGo hftLjfbL g]tf tyf ljJbfgx? nfO{ hfltotf af/] j}1flgs hfgsf/L 




lj1fg ,dfS;{afb tyf åGåjfbsf] lgod ljkl/t Hfflto /fHo dfUg] cltjfbL dfcf]jfbL -dfS;{afbL tyf åGåjfbL xf]Ogg\ ,lsgls dfS;{afb tyf åGåjfb n] hfltotfnfO{ klxrfg u/fO{/fVg] Hfflto /fHosf] kl/sNkgf ub}{g . To;}n] dfcf]jfbL kf6L{ cltjfbL c/fhs hftLjfbL ;+u7gx?sf] ( hflto d'QmL dfrf{x?sf] ) 5ftf kf6L{sf] :j?kdfq xf] . h:t} ljleGg dfcf]jfbL Hfflto d'QmL df]rf{x? x'Gf . cyf{t åGåjfbsf] lgod d'tfljs olb Hfflto /fHo dfUg] cltjfbL ;f]rdf kl/jt{g gul/Pdf Pslbg dfcf]jfbL kf6L{ cGt/hflto df]rf{x? lar cGt/;+3{if eP/ !) j6f hflto kf6L{x?df ljefhg x'Gf]5 . yf?jfg d'lQm df]rf{,hbfg tyf dw]zL d'lQm df]rf{ lar cGt/;+3{ifeO{/xsf] 5 . cyf{t dfcf]jfbL kf6L{  vx/] x?df kl/0ft x'Gf]5 .
! )g]jf dl'Qm df]rf{                            @ ) lnDajfg d'lQm df]rf{
# ) ls/ft d'QmL df]rf{                         $ )  tfD;fln8= dl'Qm df]rf{
% ) yf?jfg d'lQm df]rf{                        ^ )du/ft dl'Qm df]rf{
& ) blnt d'lQm df]rf{                          * ) dw]zL d'lQm df]rf{
( ) d':nLd dl'Qmdf]rf{                          !0 ) td'jfg d'lQm df]rf{
 !! )cflb O{Toflb d'lQm df]rf{x?
lj1fg ,dfS;{afb tyf åGåjfb n] hfltotfnfO{ klxrfg u/fO{/fVg] Hfflto /fHosf] kl/sNkgf ub}{g . Hfflto/fHo x? ,cGt/hflto df]rf{x? lar  cGt/;+3{if sf lap dfq x'Gf . cYff{t g]kfndf hflto cfwf/df k|b]zx? agfPdf ,g]kfn SUDAN h:t} x'Gf]5. Science does not favour the myth of racial superiority. cYff{t lj1fgn] hflto cu|flwsf/nfO{ dfGb}g .



lj1fgdf hfltotf sf] cy{ 5}g

"Race has no meaning in science"

The genome reveals the existence of unity in human diversity. They completely destroy the myth of racial superiority. The biological essence of human populations is the same. The absence of a race gene was confirmed from two different directions. Celera used DNA from males and females who described themselves as Asian Chinese, African American, Caucasian and Hispanic Mexican. Scientists could not distinguish one ethnicity from another.No gene by itself or together with others could predict the race of those studied. 

The new research suggests that all individuals are 99.99 percent alike. And researchers are finding that the gene pool in Africa, where humankind is thought to have originated, remains more diverse than in the rest of the world. These findings completely undermine all notions of differences based on skin colour. Svante Pääbo, a German researcher, noted in an essay published in Science magazine with the release of the draft genome sequence explains: "It is often the case that two persons who descend from the same part of the world, and look superficially alike, are less related to each other than to persons from other parts of the world who may look very different."

Dr Eric Lander of the Whitehead Institute for Genome Research, and part of the international consortium, pointed out the fact that any two people were 99.9 per cent genetically identical still left room for considerable genetic variation. One tenth of one per cent of human genes account for hereditary differences. Basically, all human beings are the same. The research on the human genome has proved beyond doubt that while outwardly we may be different, genetically we are 99% identical. Only about 3 million of the 3 billion chemicals in the genome differ from one person to another, which makes distinctions such as race scientifically meaningless. Ethnic and cultural differences among different groups of humans undoubtedly exist, but these differences are insignificant at the genetic level where people are remarkably the same, regardless of race and gender. Racial hatred cannot therefore be justified and rationalised as arising from genetic differences. http://www.socialist.net/science-and-dialectical-materialism.htm


Prachanda ,Baburam haru, janjati ra morcha neta haru CIA ka dollar le sanchalit bhayeka hun.


प्रशङ्घ जातिवादीको जरो
शीतयुध्दका टुहुरा – अमेरिका र तिब्बतीहरुको सङ्घर्ष
- जोन केनेथ न्याँउस ( सिआईएका एक अधिकृत)
सिआईएले हिमाली छेत्रमाथि आँखा गाडेको सन् १९५० ( वि स २००७) को शुरुमा हो । नेपाल तिब्बतसहित छेत्रमा युध्द, लोभ र व्यापार द्वारा कब्जा जमाउन सकिन्न । यसका लागि स्थानीय जातिलाई विभाजित गराउनु पर्छ भन्ने मैले काठमाडौमा लेखेको प्रतिवेदन अहिले पनि सम्झन्छु । धन्न हाम्रा सिआईएका अधिकृतहरुले चलाखिपुर्ण तरिकाले राष्ट्र सङ्घमा आईएलओ १६९ धारा घुसाउन सफलता पाए । मैले अवकाश प्राप्त जीवनमा आफ्नो युवाकालको विश्लेषणले विश्वलाई करयाप्पै पार्न आँटेको देखेपछि धेरै रात हर्षका आँसुसँगै बिताँए । हुनपनि पूर्वी युरोपमा त्यही जातियताका सूत्र आधा दशकमै सफल भयो र सोभियत धूर्व ध्वस्त भयो । सन् १९९७ (विस २०५४) मा ७४ वर्षको उमेरमा म काठमाडौमा गएँ । तिब्बती सम्पर्क केन्द्र खुलेको रहेछ । मेरो तीन दशक अगाडिको जातीय स्वतन्त्रताको सूत्र नेपाल तिब्बत र भारतमा प्रयोग भईरहेको रहेछ । मैले के ठाने भने जब हाम्रा सिआईएका अधिकृतहरुले राष्ट्र सङ्घमा १६९ धारा लाई सजिलै प्रवेश गराउन सके, हिमालय पर्वतमालालाई फेयर बैङ्क (सिआईएको मुख्यालय) ले तताउनेछ, म अब जीवनको उत्तरार्ध्दमा पुगिसकेको छु, तरपनि मलाई गर्व छ कि हाम्रो देश अमेरिकाका कट्टर विरोधी वामपन्थीहरू मेरो सिआईएको सूत्र घोकेर तेस्रो विश्वमा जातीय स्वायत्तताको नारा लगाउन बाध्य छन् । मृत्युपछि पनि (येशु) प्रभुको माध्यमबाट म तिनीहरुलाई धन्यबाद दिईरहने छु । सिआईएक मेरा रणनीतिहरूमा गुरु मार्कटोनलाई म धन्यवाद नदिरहन सक्दिन, जसले महिला मुक्तिको नारा तेस्रो विश्वमा राष्ट्र सङ्घ मार्फत घुसाउन लगाए । यो नारा हेरेर नै मैले हिमालय पर्वतमालाको फेदीमा बसी जातीय स्वायत्तताको सूत्र प्रतिपादन गरेको हुँ । म दावा गर्दछु कि नेपाल लगायत विश्वमा जातीय मुक्तिको नारा उठाउने पहिलो ब्यक्ति म हुँ । त्यसलाई ब्यवहारमा प्रयोग गर्ने सङ्स्था सिआईएलाई म सँधै धन्यवाद दिइरहनेछु ।
हिमालय छेत्रका बासिन्दालाई विकास र आधूनिकताको लोभ देखाउने हो भने चीनमाथी सहजै नियन्त्रण गर्न सकिने बाटो खुल्छ भन्ने मेरो विश्लेषण रह्यो । मेरो जीवनमा हिमालय छेत्रमा जति प्रगति भयो सबैमा मेरो सूत्र लागू भएका कारण हो । नेपाल तिब्बत सीमानामा सात लाख पाउन्डका हतियार झार्यौ खम्पा बिद्रोहमा । तर लाभ शुन्य भयो । जातजातीलाई प्रयोग गर्ने हो भने चिसो हिमाली छेत्रमा तात्तातो सफलता पाउन सकिन्छ भन्ने मैले निचोड निकालेको थिँए, जुन म जीवित छँदा विश्वव्यापी हुँदै गईरहेको देखिरहेको छु ।
साभार – नेपाल, २०६६ पेज १६२-१६४)






a great article by- RAJ KUMAR RAI-pesident of RRcampus.-published in Nagarik news-16 july,2012
http://www.nagariknews.com/opinions/98-opinion/43500-2012-07-16-08-53-58.html#.UAbb4x-vfS0.facebook

हुँदैन जातीय राज्य


'प्रजातन्त्र नासिए त्यसलाई पुनः फर्काउन सकिन्छ तर राष्ट्रियता गुम्यो भने त्यो फर्काउन कठिन हुन्छ'- मैले पढेको कुनै विद्वान्को यो भनाई याद हुन्छ र म झस्कन्छु। सामन्ती ढलेर नवयुगको सूर्योदय भएकामा बिछट्टै खुसी हुनेमा अन्य जस्तै म पनि थिएँ। तर आज केही प्रश्नले झस्काउँछ- अबको संघीयताको मोडल कस्तो हुने? आज मैले टेकेको यो जमिन अब छिट्टै विकास, प्रगति, स्वतन्त्रता र आत्मसम्मानले युक्त होला या अर्को अकल्पनीय दुर्दशामा फस्ला? हामी अब विकासको रफ्तारमा दौडेउँला या आफ्नै अन्तर्कलहले महाभारतको यदुवंशीको हालतमा पुग्ने हो?
निर्माण थाल्दा जसरी जमिन, नक्सा, निर्माण सामग्री, त्यसको अवस्थिति र त्यसप्रति निरन्तर ख्याल गर्नुपर्छ, त्यसैगरी देशलाई नयाँ रुप दिनुपूर्व धेरै कुरा ख्याल गरिनुपर्छ। सत्ता कब्जा गर्ने आशयका साथ उरालिएका लहडी नारामा बहकियौँ भने युगौँ युगसम्म भावी सन्ततिले समेत त्यसको मूल्य चुकाउनुपर्नेछ। हाम्रोजस्तो बहुजातीय मुलुकमा राजनीतिक नाफाका लागि केन्द्र बनाएर ल्याइएको जातीय नारा नै एउटा त्यस्तो मुद्दा हो, जसले मजस्ता वर्गपक्षधर धेरैलाई नया" संविधान नबनुन्जेल झस्काइरहने नै छ।
यो युग विश्वबान्धुत्वको हो। 'वन वर्ल्ड, वन ड्रिम' अर्थात् 'एउटा विश्व, एउटै सपना', गत ओलम्पिक खेलकुदको अवसरमा छिमेकी देश चीनले दिएको नारा हो यो। महान् दार्शनिक कार्ल्स मार्क्सको परिकल्पना उत्तिकै मानवीय थियो। सिमानाविहीन एउटै संसारको परिकल्पना महान् आदर्श कल्पना हो। 'अंग्रेजी भाषा बहिष्कार गर्छौँ' भनिरहेका फ्रान्सेलीहरु त्यो गलत रहेछ भनेर अंग्रजी सिक्न भाषा कक्षामा धुइरिन थालेको दशकभन्दा बढी भइसक्यो। 'भाषिक साम्राज्यवाद' भनेर जति नै उग्र विरोध गर्नेहरुका लागि पनि आजको विश्वको माध्यम भाषा अंग्रजी नै हो। संयुक्त राष्ट्र संघको महासभामा बाबुराम भटराईले अंग्रेजीमै भाषण गरे, नेपालीमा होइन। छुट्टाछुटै देशहरुको साझा संघ 'युरोपियन युनियन' आफ्नो झण्डामा अझै तारा थप्दैछ, एकीकृत हुँदैछ। संकुचित राष्ट्रियता छाडेर मान्छे 'ग्लोबल' जाति हुन खोज्दैछ। मार्क्सले कल्पेजस्तै संसारभर क्रान्तिका मुस्लो उठ्दै क्रमशः विश्व एउटै राज्य भएर साम्यवादीकरण नभएको भए पनि संसार विस्तारै एउटै घरमा रुपान्तरित हुन थालेको छ। भूमण्डलीकरणका नाफा/घाटाका विषयमा आ-आफ्ना ठाउँमा अनेकौ" विश्लेषण हुन सक्लान् तर सूचना र सञ्चारका चमत्कारले, मानवीय, साँस्कृतिक र अन्यरुपले विश्व सनैसनै एउटा गाउँका रुपमा विकसित हुँदो छ।
तर ठीक यतिखेर हाम्रो पूर्खाको मन्त्र 'वसुधैव कुटुम्बकम्' (उदार दिल भएकाहरुका लागि संसारका सबै आफन्त हुन्) बिर्सेर केही बन्धु जातीय आधारमा नै देश भाग लगाउने कुरा गरिरहेछन्। म विलखबन्दमा पर्छु। म जातमा जाउँ कि विश्व बान्धुत्वमा? म कविलाहरुको झुण्डमा जाउँ कि एकीकृत विश्वघरमा? यो खोलापारि मेरो जातिको राज्य, त्यो डाँडातर्फ तिम्रो जातिको राज्य भनेर आँठो बाँध्ने सपना देख्नेहरुलाई म स्वाभिमान, पहिचान र अधिकारको कुरा गर्ने बहादुर क्रान्तिकारी देख्नै सक्दिन। त्यसमा म त देख्छु- सन्ततिको कहालिलाग्दो भविष्य। बाइसे र चौबीसे राज्यको उही पुनरावृत्ति। उही अधोगति। जातीय भाग नलगाएकै कारण यो मुलुक कमजोर भयो, हामी गरिब भयौं र हाम्रा अधिकार हरिए भनेर म मान्न सक्दिन। स्थानीय स्रोत, साधन र पहिचान वृद्धिमा संघीयता सहायक अवश्य हुन्छ तर जातीयता प्रमुख हो भन्ने कुरा मान्न सकिन्न। आजको मानवले कल्पना गर्न पनि नहुने कुरो हो जात। त्यसमाथि सोभियत संघ, इथियोपिया जस्ता राज्य जातीय कारणले विभक्त भएको इतिहास संसारसामु छ।
गणेश रसिकले 'दशगजामा उभिएर' नामको कितावमा लेखेका छन्- 'भट्टराई बाहुनदेखि लिम्बू, क्षत्री, गुरुङ, मगर, नेवार, शेर्पा, थारु, थकाली र विश्वकर्मासँग सम्म वैवाहिक सम्बन्ध गा"सेको भोजपुरका माझकिरा"ती राईहरु हाम्रो परिवार हो।' अनि त्यही सन्दर्भ जोडेर जगदीश घिमिरेले 'अन्तर्मनको यात्रा' मा लेखेका छन्- 'नेपालको मात्रै होइन, संसारभरिकै हरेक परिवार गणेश रसिकको जस्तै रगत मिसिएको परिवार हो। म गणेश रसिक हुँ र गणेश रसिक म हुन्। के फरक छ हामीमा? केही पनि छैन। फरक पार्न खोज्ने झ्याउकिरीका गीतजस्ता नाराहरु, प्रायोजनाहरु षड्यन्त्र हुन्। 'आर्य हुँ' भन्ने कासी गोत्रे चुच्चे अनुहारहरुमा नेप्टा नाक र चिम्सा आँखा कति छन् कति। 'मंगोल हुँ' भन्ने लासागोत्रे नेप्टे अनुहारमा पनि चुच्चे नाक र ठूला आँखा कति छन् कति। ती स्थुल तत्व हुन् तर ती पनि बोल्छन्। लुक्दैनन्। सुक्ष्म तत्वहरुको अध्ययनले किटानीका साथ भन्छ- संसारमा कुनै पनि जात वा जाति चोखो छैन। कुनै परिवार चोखो छैन। कुनै व्यक्ति चोखो छैन, देखिएर वा लुकेर। मान्छे नाक, कान, आँखा, कपाल, रंग, वर्ण, जात जाति, कुल, धन, शिक्षा, भूगोल, र गत केही पनि होइन। मान्छे केवल विवेक र विचार हो।' हो, मान्छे भने विवेक हो। तर पनि नवयुगको उद्घोष गर्ने कोही किन जातको कुरा गरिरहेका छन्? अब हामी जातीयतामा फर्केर कस्तो विकाश र प्रगतिको कुरा गर्ने?
हामी नेपाली व्याकुल माइलाको 'सयौँ थुंगा फूल' का एउटै थुंगो हौँ। हामी थुंगोका पत्रपत्र होइनौँ। हुन सक्दैनौँ। पत्रपत्रमा हाम्रो पहिचान छैन। हामी विश्वले चिनेको 'गुर्खा' हौँ। बुद्ध र सगरमाथाका सन्तान हौँ। हामीले जातका आधारमा राज्य वर्गीकरण र नामाकरण सुरु गर्यौँ भने भोलि गोत्र, थर र मूलजस्ता अन्य कुराबाट पनि राज्य हुनुपर्छ भन्ने तर्क उठ्न सक्छन्। र त्यसलाई नस्वीकारी धर पाइने छैन। अनि सयभन्दा बढी जाति र भाषा भएको मुलुकमा ६,७ जातिले मात्र पाउने भाग? कुनै ठाउँमा हिजो कुनै जातिको वर्चस्व थियो भन्ने आधारमा राज्यको बहस चलाउन थाल्ने हो अवसान भइसकेका पूर्व राजा/महाराजा र तिनका सन्तानले पनि छुट्टाछुट्टै राज्य माग गर्न पाउने भए। तिनका खलकलाई पनि राज्य भाग लाइदिए भो। मल्ल राज्य, सेन राज्य, गोपाल राज्य, महिषपाल राज्य, किरात राज्य, खस राज्य, शाहवंशीय गोर्खा राज्य र अरु थुप्रै राज्य। यसर्थ, जातीय र ऐतिहासिक आधार भन्दै राज्यको कल्पना गर्न थाल्ने हो भने देश बर्बादीमा जानेछ। यसो हुँदा त हिजो ज-जसको नाममा राज्य थियो, तिनले आज अंश पाएझै राज्य पाउने भए र ती वंश र जातबाहेकले राज्य नपाउने भए। अब उनीहरुले चाहिँ कहाँ राज्य खोज्न जाने र कसले दिने? इतिहासमा अनेक मत र विरोधाभाष छन्। हामी जटिलतातिर जाने कि सरलतातिर? समन्वयतर्फ जाने कि झगडातर्फ?
पृथ्वीनारायण शाहको शासन गर्ने महत्वाकांक्षाले नेपाल जन्म्यो तर उनले कसैलाई यो भाषा लेख्न, पढ्न या बोल्न भनेर वर्जित गरेनन्। कसैका साँस्कृतिक अधिकारमाथि बन्देज लगाएनन्। हिन्दु बहुल यो राज्यमा उनले 'मुस्लिमहरुको गाई काट्न पाउने अधिकार' खोसे भनेर आरोप लागेको छ तर दिल्लीका मुस्लिम सम्राट अकबरले समेत आफ्नो राज्यमा गाई काट्नमा प्रतिबन्ध लगाएको श्रुति छ। नेपाली भाषा लादिएको भाषा हो भनेर केही जनजाति नेताहरु 'डलर खेती' गर्दैछन् तर माध्यम भाषा र राष्ट्रिय भाषाका रुपमा स्थापित नेपाली भाषा समृद्ध भाषा हो, जो आज अधिकांश नेपालीले बुझ्छन्। आज नेपाली भाषा नबुझ्ने कति प्रतिशत जनता छन्? बखेडा झिकेर अधिकार प्राप्ति हुन्न। संघीयता बनोस् तर जात र जाति झुण्ड्याइएका राज्य नबनून्। हिजो 'हिन्दु राज्य नेपाल' भन्दा चित्त दुखाउने हामीले कसरी आज नेवा, मगरात, तमु राज्य, किरात राज्य र तामाङ राज्यका कुरा गर्न सुहाउँछ? यो मुलुकको कुन भागमा एउटै मात्रै जातिको वर्चस्व छ?
हजारौँ वर्षको ज्ञान र चेतना संगाल्दै हामीहरु कविला, जातजाति आदिका अनेकौँ साम्प्रदायिक खुडि्कला चढ्दै राष्ट्रसम्म आइपुगेका हौँ। 'इम्याजिन देयर इज नो कन्ट्री' भन्दै विश्व एकताको आह्वान गरेर जोन लेननले गित गाएको धेरै वर्ष भइसक्यो। अनि हामीचाहिँ यो शताब्दीमा डोब, गोत्र र जात खोतल्न थाल्दैछौँ। भुलेर पनि हामीले त्यसो गर्यौँर भने इतिहासले धिक्कार्ने छ। अब अधिकारको खोजी भन्दै फेरि पिता पूर्खाको डोब खोतल्न थाल्ने हो भने हामीले आफूलाई मान्छे नभने भो। हामी किन नजाने रामापिथेकस सभ्यतामा? किन नलगाउने रुखका बोक्रा? किनकि कुनै बेला बाघ र मृगका हाड हाम्रा पूर्खाले लगाउने गहना थिए। रुखका बोक्रा र छाला तिनको बस्त्र। भो छोडिदिउँ जिन्स, कटन र नरम जुत्ता। थालौ"- बोक्रे सभ्यता। राजतन्त्रात्मक व्यवस्था त्यही कविलायुगीन संस्था थियो।
अब त्यसलाई ढालेर अर्को जातीय युगतिर फर्कनु कुनै पनि अर्थमा प्रगतिशील हुन सक्दैन। त्यो युगमाथि धोका हुनेछ। जात र जातीयता सिद्धिएर मान्छेको एउटै जाति हुने कुरा कल्पना गरिएका बेला पुनः जातजातिका राज्य कल्पना गर्नु अपराध हो। कतिले मुखिया चेतनाले ग्रस्त भई यसलाई उरालेका पनि हुन सक्छन् तर त्यसो हुन दिनै हुन्न। कसैलाई बृहत् नेपालको कार्यकारी पदमा पुग्न सक्छु भन्ने कल्पना छैन र ती कुनै छोटेमोटे राज्यको राज्यपति, गाउँपति या मुखिया बन्ने रहरले अनेकौं उट्फट्याङ राज्यको माग गरिरहेछन् भने हामी पनि तिनकै पछि लाग्ने? जातिवाद र क्षेत्रवादको नसा महानसा हो। आशा छ, नयाँ नेपालका कुशल कालीगढहरुले नक्सामा रंग दल्दा जातीयता मेटाइदिनेछन् अनि सयौँ थुंगा फूलको एउटै समृद्ध, मानवीय संघीय नेपाल बन्नेछ।
(राई आरआर क्याम्पसका स्ववियु सभापति हुन।)